Sunday, 29 January 2017

द फस्ट लभ

प्रकाशोन्मुख उपन्यास लभैलभबाट.............
एक जना डबल आङको बुढो मानिसले तेह्र वर्षीया बालिकालाई तान्न थाल्यो । पुरै कपाल र दारी फुलेको बुढो मान्छे हेर्दा साधुसन्त जस्तो देखिन्छ । एउटै बा“की नरही फुलेका कपाललाई उसले स्टेट गरी ढाडसम्म पु¥याएको  छ । दारी उस्तै । ९८ प्रतिशत फुलेका उसका दारी छातीसम्म लर्केका छन् । कालो तर बलिष्ठ अनुहारमा राता आ“खाले उसको व्यक्तित्वलाई झनै प्रबल बनाएका छन् । बालिका यस्ती छिन् — दुब्लो पातलो शरीर, लाम्चो गहु“गोरो अनुहार, लामो चुच्चो परेको नाक, केही भित्र गडेका आ“खा, लामा लामा हातगोडा समग्रमा आकर्षक शरीर । यदि यो शरीर चित्र थियो भने मोनालिसा जत्तिकै चर्चित हुने थियो । जोसुकैले पनि उनका चञ्चल आ“खास“ग आफ्ना आ“खा जुधेपछि केही छिन विश्राम लिन्छन् । आ“खा जुधेपछि परेको प्रभाव उनी ओठबाट व्यक्त गर्छिन् र मुसुक्क हा“सिदिन्छिन् । त्यसपछि खेल सकिन्छ । भगवान् कृष्णले आफ्नो मुख खोल्दा यशोदा मैया“ले ब्रह्माण्ड देखेर छक्क परेझै“ उनको मुस्कानमा लुकेको ब्रह्माण्डले हरेक व्यक्तिलाई लठ्ठ पारिदिन्छ ।
तर उनको त्यो जादुमय मुस्कान आज रोदनमा बदलिएको छ । उपस्थित सबैका लागि उनी अपराधी बनेकी छिन् । बाबु आमास“ग विद्रोह गर्दै छिन् । उनको विद्रोहमा छाती थापेर समर्थन गर्ने व्यक्ति छैन यहा“ । म मूक दर्शक बनेको छु । किन ? सायद मलाई पनि थाहा छैन । बालिकाको दाहिने पाखुरामा बुढाले दह्रो गरी अ“ठ्याएको छ । बालिका खुस्काउने प्रयास गर्छिन् तर निरीह — व्यर्थ । ऊ घिच्याउ“दै थियो, उनी रोइरहेकी । मानौ“, बलिका कुनै पशु हुन् । मन्दिरभित्र घिच्याइ“दै छ अनि आफूलाई बलि दिइ“दै छ भन्ने पूर्ण जानकारी पशुलाई भएको छ । अथवा सयौ“ बलिष्ट सैनिकका सामु परेको शत्रु सिपाहीको जस्तै अवस्था छ बालिकाको ।
स्थान ः भारतको वृन्दावनको अनन्त भवन
समय ः बिहान ६ ः ३० बजेतिर ।
चिसोको मौसम छ । आश्रमभरि मानिसको घुइ“चो । जोगी मात्रै नभएको आश्रम । घरगृहस्थी, विद्यार्थी, साधुसन्त र जोगी । दीपावली सकिइसकेको छ तर यात्रुका लागि यात्रा समय सकिएको छैन । कतिपयले घरगृहस्थीको चटारो सम्झेर अस्ति नै बाटो तताइसकेका छन् । कोही जाने तरखरमा छन् । गरिखान नसकेर साधु बनेका तथा सांसारिक मोहजालबाट दिक्क बनेका जोगी आश्रममै केही दिन झोलीतुम्बी बिसाउने ध्याउन्नमा छन् । मौसम जमेको छ । बाहिर कुहिरोको धुवा“ फुसफुस उडेको देखिन्छ । मानिसले बोल्दा चुरोटको धुवा“ निस्केझै“ बाफ उड्छ । प्राकृतिक दृश्य छोपिएको छ । अनन्त भवनको चौघेराभित्र मानिस थुनिएका छन् । बाहिरको वातावरण कुहिरोले ढपक्कै ढाकेको छ ।
गेट बाहिर ठुलो यात्रुबस रोकिएको छ । सबैजसो यात्रु चढिसकेका छन् । केही यात्रु झ्यालबाट बुढो मानिस र बालिकाद्वारा मञ्चित नाटक हेरिरहेका छन् । आश्रमभित्र पर परबाट विद्यार्थी पनि दृश्य हेर्न उत्सुक देखिन्छन् । धेरैजसो साधुलाई त्यस दृश्यले कुनै प्रभाव पारेको छैन । जोगीलाई भने निकै ह्दयविदारक लागेको छ दृश्य । गाडीको झ्यालबाट हेरिरहेकी एउटी तिस वर्षजतिकी ठिक्ककी मोटी महिला घुम्टोबाट मुख निकालेर रोइरहेकी छिन् । उनको काखैमा बसु“ला जस्तो आठ वर्षीय बालक बाहिरै हेरिरहेको छ ।
म छेवैमा छु, अनन्त भवनको महन्त साधुको । मलाई समाएको छ उसले । हिन्दी राम्ररी नबोल्ने पन्जाबी महन्तको म दाहिने हात । यात्रु, जोगी, साधु जोसुकै आउ“दा पनि मैले व्यवस्था मिलाउनुपर्छ । बुढाले मलाई नै अराउ“छ । भनौ“, तालाचाबी नै मैस“ग छ । भारतका ठुला ठुला सहर, नेपाल, बङ्गलादेश, श्रीलङ्का लगायत विश्वका धार्मिक पर्यटक आउ“छन् यस आश्रममा । ठुलो छ आश्रम । वरिपरि गोलो गरी बनाइएको घर । बिचमा ठुलो आ“गन । तिन तलाको यो घर खास लज भन्दा हुने खालको छ । चालिस पचास जना व्यक्ति दिनह“ु खाना खान्छन् यहा“ । अझ मेला पर्वमा त दिनको एक रिक्सा सागसब्जी नै चाहिन्छ । एउटा ठुलै पा“चतारे होटल जत्तिकै चलेको छ आश्रम । तर होटलमा जस्तो आफूले चाहेको खानेकुरा यहा“ पाइ“दैन । सबैका लागि एकै । आश्रमको खानेकुरा मन नपर्ने या त बाहिर खान्छन् या आफै“ बनाउ“छन् । ठुला पर्व, झुला आदिमा झन्डै एक हजार मानिस भेला हुन्छन् ।
यो पटकको झुलामा अत्यधिक मानिस आए यहा“ । वृन्दावन सहर नै भरिएको थियो । होटल, लज, धर्मशाला, आश्रम सबका सब प्याक । अनन्त भवन भरियो । छतमा बिस्तरा लगाए सयौ“ यात्रीले । दुई महिने झुला सकिएपछि भने बिस्तारै यात्रु बाहिरिन थाले । अहिले जुन बुढाले बालिकालाई समाइरहेको छ, त्यो बुढो राजस्थानको हो । ऊ परिवारसहित असारमा वृन्दावन आएको हो । दुइटा छोरा सानै छन्, छोरी उसकी यिनै हुन् — सोनु । आफू बुढो भएर पनि पत्नी र छोराछोरी कलिलै हुनुको कारण चाहि“ थाहा भएन । उनीहरू झन्डै छ महिना यहा“ बसे । अब जाने तरखरमा छन् । वृन्दावन र मथुराका अन्य आश्रममा बसेका राजस्थानी यात्रुलाई बसले ल्याइसकेको छ । बाहिर रोकिएको बस तिनै यात्रुको हो । तिनीहरूस“गै बुढाको परिवार पनि राजस्थान फर्कन लागेको रहेछ । बुढाले छोरीलाई फकाईफुल्याई बसमा लान खोज्यो । उनी मानिनन् । बालहठ ।
वास्तवमा उनी मस“ग प्रेम गर्थिन् । केटाकेटीमै बसेको प्रेम । प्रगाढ । बालप्रेम । अथाह माया छ उनलाई मेरो । मरिहत्ते गर्छिन् उनी म भनेपछि । उनी मेरो सेवा गर्न जन्मेकी हुन् । मलाई खुसी र सुखी तुल्याउनु उनको जीवनको अभीष्ट हो । यही देखिन्छ व्यवहारमा । प्रेममा लाज, घृणा, डर, इज्जत आदि केही हु“दो रहेनछ । देश, काल, परिस्थिति, वातावरण, कथावस्तु केही पनि चाहि“दो रहेनछ । एउटा मनले अर्को मनलाई माया गर्नु — बस । दुई मन मुटु एकाकार हुनु — यत्ति । कुनै लोभ छैन, न त तृष्णा नै । अथाह मायाको सागर छ उनीभित्र । निःस्वार्थ । निःसन्देह । लज्जाहीन । विवेक ? ? ? कुन्नि । प्रेममा विवेक पनि हुन्छ र ? विवेकले प्रेम गर्दैन । ज्ञानले पनि प्रेम गर्दैन । ज्ञान त प्रेमको हत्यारा हो । विवेक प्रेम विरोधी । ज्ञान र विवेककै कारण आज उनको प्रेम बलिमा चढ्दै छ । उनी सबैको आ“खामा स्वच्छन्द बन्दै छिन् । सायद उमेरको हद हु“दो हो त उनलाई कसैले रोक्ने थिएन । नाबालिका छिन् उनी । उनको प्रेम गर्ने उमेर यो होइन — ज्ञानीहरू यसो भन्दै छन् । विवेकीहरू ज्ञानीको समर्थन गर्दै छन् । म ज्ञानी हु“ कि अज्ञानी ? विवेकशील हु“ कि विवेकहीन ? ? अ“ह“, म भन्न सक्तिन“ । तर वास्तविक । प्रेम लुकाउने चिज हो र ? उमेर पुगेपछि गरिने प्रेम त स्वार्थलिप्त हुन्छ । वासना भरिएको माया त क्षणिक हुन्छ । त्यसैले उनको प्रेममा वासना छैन । स्वार्थ छैन । उनी नाबालिग छिन् । उनी मस“ग यसरी प्रेम गर्छिन् — संसारमा कुनै पनि मानवजाति छैन । कसैले उनको र मेरो साथ देख्ने छैन । उनी बाबुका छेउमा पनि मलाई उसरी नै माया गर्छिन् । आमा, भाइ, साधु, जोगी, संन्यासी, विद्यार्थी, कसैको पर्वाह छैन । यो सारा संसार उनको र मेरो प्रेम विहार गर्ने थलो हो । यही लागेको छ उनलाई । यसैले मलाई छाड्न नमानेकी हुन् । म पनि उनलाई प्रेम गर्छु । तर चलचित्रको हिरोले जस्तै उनलाई बाबुआमा वा कसैबाट खोसेर ल्याउन सक्ने आ“ट ममा छैन । यसैले म हेरिरहेछु — टुलुटुलु । उनी हाम्रो प्रेमको हत्या हुनबाट जोगाउन लागिपरेकी छिन् । एक्लै । कङ्कलाशब्द गरेर चिच्याइन् “छोड् दो मुझे..........................⁄ मुझे नही“ जाना है ........ ।” आश्रम थर्कियो । सोनुको चिच्याहट गुन्जिएर आश्रमका कोठाकोठामा पुग्यो । अगि ध्यान नदिने साधुहरू पनि कान ठाडा पारेर आवाज आएतर्फ हेर्न थाले । भित्ताहरूले सोनुको चीत्कारलाई अझ सशक्त बनाए ......ही“...आना है.... ना है...... ना है..... ना है........... † स्तब्ध । वातावरण स्तब्ध भयो । नाभीस्थलदेखि सच्चाप्रेम प्रति उर्लेको सोनुको आवाज कानका माध्यमबाट हृदयको कुन्तरमा प्रवेश ग¥यो । शायद सबैलाई त्यस्तै भयो कि † प...र विद्यार्थीहरू आपसमा मुखामुख गर्छन् । मलिन छ अनुहार ।
सोनुको आत्मबल यति बढ्यो कि उनलाई उनको बाबु मात्र होइन, त्यहा“का सबै मानिस मिलेर समाए पनि रोक्न नसक्ने भए । वास्तवमा मानिसको इच्छाशक्ति शारीरिक बलभन्दा हजारौ“ गुना बलियो हु“दो रहेछ । नत्र त्यति सानी, कलिली बालिकाले त्यति दह्रो बाबुको अ“ठ्याइ कसरी खुस्काउन सक्छिन् † बाबुको हात खुस्काएपछि उनी मतिर बढिन् । उनको वेग हावाको जस्तो थियो । उनी हि“डेर या कुदेर होइन, उडेर आइन् । अनि मलाई छा“द हालिन् । अब उनलाई मबाट कसैले छुटाउन सक्ने छैन । त्यति दह्रो उनले मलाई बेरेकी छिन् अ“गालोमा । म उस्तै । प्रतिक्रिया विहीन । कर्तव्य, अकर्तव्य, दायित्व, विवेक, ज्ञान केही प्रयोग गर्न सकिन“ ।
आज महन्त बिलखबन्द परेको छ । बिरानो देशबाट आएको एउटा नेपाली छोरालाई उसले परदेशमा छोरासरह माया दियो, हुर्काउ“दै छ । पढ्नेलेख्ने, खाने, बस्ने सबै खर्च आफूले बेहोरेपछि त्यसलाई छोराको माया दिनु अस्वाभाविक होइन — यही छ बुढाको मनमा । १२ वर्षको उमेरमा म वृन्दावन पुगे“ । यस ठाउ“का लागि म टुहुरो । यही पन्जाबी महन्त बुढाको अभिभावकत्वले मलाई सहारा दिएको छ । धेरै पढेर ठुलो मान्छे बन्ने लक्ष्य मैले सुनाएको छु उसलाई । वृन्दावन आएको आज २ वर्ष पुग्न लाग्यो । म उसकै छत्रछायामा छु । देख्ने मान्छे भन्छन् — यो केटो बुढाको भाइको छोरो हो । उसकै आफन्त हो रे । भानिज रे क्या, पन्जाबबाट ल्याएर राखेको † नत्र त्यसरी तालाचाबी दिएर राख्छ त ? कस्तो माया गर्छ † खानेकुरा, लुगाकपडा सबै हेर न कस्तो धनाढ्य परिवारको जस्तै छ । कतिपय विद्यार्थी पनि मेरो डाहा गर्थे बुढाको मप्रतिको व्यवहार देखेर । बुढालाई लागेको छ — यसले धेरै पढ्ने छ, ठुलो कथावाचक पण्डित या विद्वान् बन्ने छ अनि यो आश्रममा सत्सङ्गत चलाउने छ । मेरो उत्तराधिकारी बनी आश्रम नै जिम्मा लिने छ ।
सोनु र म स“गै हि“डेको, गफ गरेको, अ“गालोमा बा“धिएको सबै कुरा महन्त बुढाले देखेको थियो । तर उसले हामीबिच प्रेम सम्बन्ध छ भन्ने चाहि“ अनुमान गरेको थिएन । बरु सोनुका परिवार सबैलाई इतिवृत्त थाहा थियो । मानिस आफू जस्तो छ त्यस्तै अरूलाई बनाउन चाह“दो रहेछ । अघिल्लो पुस्ताले आफ्ना सन्तान वा पछिल्लो पुस्तालाई आफ्नै बाटोमा हि“डुन् भन्ने चाह“दो रहेछ । तर पछिल्लो पुस्ता आफ्नो छुट्टै पहिचान बनाउन खोज्दो रहेछ । पहिलो पुस्ता आफ्नो मार्गलाई संस्कारको बाटो मान्दो रहेछ, अर्को पुस्ता आफ्नो संस्कार आफै“ निर्माण गर्न चाह“दो रहेछ । पहिलो पुस्ताले जतिसुकै प्रयास गरे पनि आफ्नो बाटोमा आफ्ना दरसन्तानलाई पूर्णतया हि“डाउन सक्दो रहेनछ । मलाई बाले संस्कृतको धुरन्धर विद्वान् बनाउन वृन्दावन पठाउनु भएको हो । महन्त बुढाले आफूजस्तै महन्त वा पीठाधीश बनाउन मप्रति लगानी गरिरहेको छ । तर म आफ्नो बाटो आफै“ खोज्दै छु ।
प्रेम सैद्धान्तिक हु“दैन । यसलाई कुनै पनि सिद्धान्तले बा“ध्न सक्दैन । अनि प्रेमको परिभाषा पनि कुनै बन्धनभित्र रह“दैन । सोनुलाई प्रेमको परिभाषा थाहा छैन । उनीभित्र आफै“ उब्जेको हो । कसैले प्रेम गर्नुपर्छ भनी सिकाएको होइन उनलाई । तर उनी प्रेमप्रति समर्पित छन् । आफूभित्रै जागेको प्रेमलाई मलजल गरी हुर्काएर फलाउने फुलाउने चाहना उनको छ । प्रेमको अस्तित्वलाई संसारमा कहिल्यै ननासिने गरी रोप्नु छ । उनको मुटु धड्किन्छ मेरै लागि । मरिदिन्छिन् उनी — मेरै लागि ।
महन्त बुढो छक्क प¥यो । सोनुको क्रियाकलाप नै त्यस्तै थियो । भर्खरै पुगेको कुनै व्यक्तिले त्यहा“को दृश्यलाई कुनै चलचित्रको सुटिङ ठान्ने थियो होला — तिलस्मी प्रेमकथामा आधारित । तर यो सत्य थियो । नायिका प्रधान वास्तविकता । नायिका नायक प्राप्तिका लागि ज्यान दिन तयार छिन् । नायक सोझो छ । आफै“ खाना बनाएर खान सक्दैन । कसैले पकाएर दिएको खान कुपुकुपु जान्ने बालक जस्तै । सोनुको प्रेम स्विकार्न जान्दछ । आफू सक्रिय भएर कसैको प्रतिरोध गर्न सक्दैन ।
अ“गालोमा बा“धिएकी सोनुले मलाई दरो गरी अ“ठ्याइन् र कहिल्यै नछोड्ने प्रतिबद्धता व्यक्त गरिन् । अनि रोइन् । पुरै रोइन् । मुटु पग्लेर आ“खाका माध्यमबाट आ“सु बनेर खसिरहेको छ । भावना उर्लेर उनको सुन्दर मुखबाट आवाजका रूपमा बाहिरि“दै छ । शरीरका सम्पूर्ण पार्टपुर्जाबाट प्रेमको आवेग निस्किरहेछ पसिनाका रूपमा । मुटु कमाउने जाडोमा पनि उनी पसिनैपसिना भएकी छिन् । मानौ“ उनीभित्रको तातोपना बाहिर निस्क“दै छ । त्यही तातोपनाले सबैको कठोर मनलाई पगाल्न प्रयास गर्दै छ ।

सोनुको बालहठले सबैलाई जित्यो । बाबुचाहि“ले आक्रोश चपाएर निल्यो । शान्त स्वरमा महन्त बुढास“ग भन्यो — यिनलाई पठाइदिनुहोस् । दुई चार दिन साथै रहून् । म घरमै लगेर राख्छु ।
तुझी जान्ढी है ....? — महन्त मतर्फ फर्कियो ।
...................................................†
जा......... दो चार दिन होए आ ..........†
................ मुक............†
अरे, सोढु“वा के घर † तुझे नही“ जान्ढी ? उ मरवे वाली है †
कचहरी बस्यो । सोनु मृत्यु अ“गाल्न तयार भएपछि सबैले सरसल्लाह गरे — मलाई लिएर जाने । म चुपचाप । अन्य विद्यार्थी चुप । ठुलै छलफल चल्यो आश्रमको आ“गनमै । म सानै भए पनि ठुलाको जस्तो व्यवहार गर्थे सबैले । सम्मानित भाषामा कुरा गरे — यसको बालापनको भावना हो यो । तपाईंले यसलाई बिहे गर्नैपर्छ भन्ने छैन । तर दुई चार दिन उसको साथमा रहेर पुनः वृन्दावन फर्कनुहोला । त्यसपछि राजस्थान र वृन्दावन ओहोरदोहोर गर्ने । सोनुलाई पनि आवश्यक परे वृन्दावन ल्याउने । दुवै एकै परिवारको जस्तै हुने । तपाईंले कुनै किसिमको शङ्का गर्नु नपर्ने । छोरीले नै तपाईंलाई सबैभन्दा नजिक मानिसकेपछि बाबुआमाको कर्तव्य छोरीलाई सुखी राख्नु हो । त्यसका लागि जे गर्न पनि अभिभावक तयार हुने । तपाईं उतै गएर हाम्रै घरमा बसी सरकारी विद्यालयमा पढे पनि पढाउने । बुझ्ने भएपछि सोनुलाई फेरि निर्णय गराउने । सम्झाउने ।
— मेरो परीक्षा छ । एक हप्ता लाग्छ — मेरो वाक्य फुट्यो । सोनुलाई सम्झाए“ । एक सातापछि लिन आए म राजस्थान जाने सहमति गरी उनीहरूलाई बिदा गरियो । गइन् सोनु ।

उनीहरू असारको मध्यतिर वृन्दावन आएका । मलाई महन्त बुढाले सा“चो दिएर सबैभन्दा माथिल्लो तलाको १०८ नं. कोठा खोलिदिन भनेको थियो । मैले घरको अन्तिम कोठा खोलिदिए“ । उनीहरूको सामान मिलाउन सहयोग गरेपछि कोठामै रोटी पकाइन् सोनुकी आमाले । त्यही“ खाए“ । केटाकेटी भएको नाताले त्यो परिवारसित हेलमेल बढ्यो । हु“दाहु“दा स“गै बस्ने, स“गै डुल्ने, स“गै खाने र स“गै सुत्ने समेत भयो ।
झुलाको समय । असार साउनमा वृन्दावनमा झुला मेला लाग्छ । लाखौ“ यात्री आउ“छन् मेला भर्न । यस वर्ष अत्यधिक भिड भएको छ । बाटोघाटो, चोक पसल, आश्रम कतै खाली छैन । रातभरि बत्ती बलेका छन् बाटामा । मानिस ओहोरदोहोर गरिरहेछन् रातभरि । हामीलाई दसै“ लागेको छ । बिन्दास । जहा“ गए पनि, जे गरे पनि छुट छ हामीलाई । आश्रममा बिरलै भेटिन्छौ“ विद्यार्थी । म त सोनुको परिवारमा एकाकार भइसकेको छु । आफ्ना साथीहरूलाई पनि वास्ता नगरी उनीहरूस“गै डुल्ने घुम्ने गरिरहेको छु । मलाई साथीहरूले बिर्सिसके — सायद ।
महिना साउन ।
एक दिन ।
सा“झ ।

हामी तिन जना विद्यार्थी हि“ड्यौ“ झुलाको मनमोहक दृश्यमा रमाउन । अनन्त भवन अगाडिबाट रिक्सा चढी एउटा चौबाटोमा पुग्यौ“ । त्यहा“बाट बाटो छुट्टिन्छ — गोवर्धन पर्वत जाने र रेल वेतर्फ जाने । चोकमा असाध्यै ठुलो होटल छ । सायद थ्रिस्टार हो त्यो । हामी पस्यौ“ । यतिबेला निःशुल्क छ यो । जो पसे पनि जति मानिस पसे पनि छुट † कुनै माडवारी सेठले ठेक्का लिएको हुनुपर्छ । भित्र भोज रहेछ । देखेर हामी तिनछक्क प¥यौ“ । मानिसको कु“डुलो । तर सबैलाई व्यवस्थित तरिकाले खाना खुवाइ“दै । ‘तपाईंहरू पनि भोज खान आउनुभएको हो ? खानु भएको छैन होला ?’ एक युवतीले मन्द मुस्कान छाडिन् । धर्म कमाउन आएका । सेठका छोरी । दस जना जति युवा र ५ जना युवती आगन्तुकलाई खुवाउ“दै रहेछन् । सबै आफै“ । सेवा गर्न कम्मर कसेका । यस्ता भोज, यति मान्छे सधै“ हुन्छन् यहा“ । हामीलाई त्यसले छक्क पारेन । हामीलाई त ती युवतीको सुन्दरताले अवाक् बनाएको हो । धनीमानी सेठका छोरी । कुनै असल कलाकारले असाध्यै मिहिनेतपूर्वक खिपेर बनाएको कलाकृति जस्तै । तिनीहरू मानिस होइनन् — सत्ते † परी हुन् परी । अलि ठुली, अलि सानी र निकै सानी हामीस“ग गफ गर्न तम्सिए । हामी तिन थियौ“ । अलि ठुलो, अलि सानो र म निकै सानो †
तपाईंहरू भोज खान आउनु भएको कि हेर्न ?
हामी त खानै आएका थियौ“ तर हेरेपछि खानै नपर्ने भयो । अघायौ“ । दाइ विद्यार्थीले भने ।
तपाईंहरू त आ“खैले अघाउनु हु“दो रहेछ हगि ? — मझौली ।
“तपाईं पनि ................?” गोला ठुला आ“खा डुलाउ“दै फक्रिन लागेको कोपिला जस्ती कान्छीचाहि“ले मलाई इ¨ित गरी ।
म लाजले निहुरिए“ ।
“खाने हो भने बस्नुस् । नत्र हामीलाई तपाईंहरूसित गफ गर्ने फुर्सद छैन ।” मझौली बोली ।
“ओहो, विद्यार्थीजी नमस्ते .......†” एक जना हिरो आकारको पुरुष धोद्रे स्वरमा करायो ।
वृन्दावनमा विद्यार्थीको सम्मान हुन्छ । त्यही“का रैथाने र जोगीहरूले खासै महत्त्व दि“दैनन् तर बाहिरबाट आएका मानिसले संस्कृत अध्ययन गर्ने विद्यार्थी भनेपछि भगवान् सरह गर्छन् ।
“तिमीहरू किन उहा“हरूलाई जिस्क्याउ“छौ ह“ ? उहा“हरू को हो, चिनेको छ ?” — हिरो गर्जियो ।
“हेर्नुस् न, भोज खाऊ“ भन्दा पनि मान्नुहुन्न, त्यसै उभिइरहनु भएको छ अनि ......†” — कान्छी ।
“हामी भोज त खान्छौ“ तर अहिले होइन ....†” — दाइ विद्यार्थी ।
“तपाईंहरूका लागि हामी विशेष ठाउ“ र विशेष खानाको व्यवस्था गर्छौ“ नि †” — मझौली ।
“हामी तपाईंहरू स“गै बसेर खाने .....†” — मझौलो विद्यार्थी ।
हिरोले आफूहरूले खाना खाने समय एक बजे मात्र हुने बताउ“दै थियो । तर युवतीहरूले हाम्रो प्रस्ताव स्विकारे । त्यसपछि हामी पनि उनीहरूका सहयोगी बन्यौ“ । खाना ल्याउने । बा“ड्ने । मानिसलाई व्यवस्थित रूपमा बसाउने आदि कार्य गर्दागर्दै सा“च्चै १२ बजेछ । मानिसको घुइ“चो सेलाउ“दै गएपछि पालो आयो हाम्रो । केटाजति सबैले एकैचोटि खानुपर्ने प्रस्ताव केटीहरूबाट आयो । हामीले मानेनौ“ । निकैबेरको विवादपछि हामीलाई भोज खान बाध्य पारियो ।
खानुभन्दा हल्ला बढी ।
भित्री कोठा । वरिपरि सोफा । बिचमा टेबल । परिकार आउन थाले । यसबिच हामीले सबै युवा युवतीसित परिचय आदान प्रदान ग¥यौ“ । हामी नेपाली भएको बताएपछि उनीहरू झनै प्रभावित बने । ठाउ“ ठेगाना समेत साटासाट गरियो । उनीहरू सबैले आआफ्नो ल्यान्डलाइन फोन नम्बर दिए । हामी विचरास“ग के हुन्थ्यो र † तैपनि आश्रमको नम्बर टिपायौ“ — सबैको एउटै ।
खाना खा“दै गर्दा हा“सोको फोहोरा छुट्न थाल्यो । सानो कुरा कसैले निकाल्यो भने धेरैबेर हा“सिरहने । दाइ विद्यार्थी एकोहोरिएजस्तो लाग्न थाल्यो । ठुली युवतीलाई हेरेको हे¥यै † उनीसित पुरानै परिचय भएजस्तो गफ गर्न थाले । म पनि लुकीलुकी कान्छीचाहि“लाई हेर्न थाले“ । उनीहरू हाम्रो क्रियाकलाप देखेर रिसाउनुको सट्टा मरीमरी हा“स्न थाले । युवाहरू पनि बेपर्वाह हा“सिरहेछन् । समयको पत्तै भएन । कति पल्ट थपियो, कति खाइयो, अ“ह“, केही थाहा छैन । अब त हामी जसलाई देखे पनि हा“स्ने पो भइसकेछौ“ । खान लाग्दा मुखतिर नभई कान र नाकतिर जान थाल्यो । वास्तवमा खानामा भाङ मिसाइएको रहेछ † हामीलाई भाङको मात लागिसकेको रहेछ ।
“हामी मात्यौ“ भाङको लड्डुले †” — मेरो छेवैमा बसेका दाइ विद्यार्थीले भने । अब प¥यो फसाद † आफूलाई जति नियन्त्रण गर्न खोजे पनि नसकिने । वातावरण अर्कै बन्यो । को को सित गफ गर्दै छ, के भन्दै छ, कसैलाई वास्ता भएन । लज्जालु स्वभावको म कान्छीसित गफमा मस्त भए“ । भनिन्छ नि, कुनै पनि वस्तुको मात लागेपछि जस्तोसुकै लुइरे पनि शक्तिशाली बन्छ । म त्यस्तै भए“ । बोली त हाम्रो प्रभावशाली छ“दै थियो । हामी हेर्दा खानदानी परिवारका पनि देखिन्थ्यौ“ नै । तर यस उमेरमा केटीहरूले के हेर्छन् भन्ने कुरा पनि हामीले बुझ्न थालेका थियौ“ सायद । गफ । गफ भए पुग्छ केटीलाई । अरू केही चाहि“दैन । यो कुरा मलाई पहिले नै दाइ विद्यार्थीले बुझाइसकेका थिए । तर हामी बेइमान चाहि“ कदापि थिएनौ“ । म कान्छीसित एकातिर लागे“ । दाइ विद्यार्थी खाना खाएकै आसनमा जेठीसित गफिइरहेका थिए । को कतिखेर बाहिरियो, पत्तै भएन ।
रातको २ ः १५ बजे ।
होटल बाहिरको चोक ।
मानिस बाक्लै छन् । रिक्सा, टेम्पो आदि चलिरहेका । एउटा रिक्साको पछि झुन्डिएर लागे“ म अनन्त भवनतर्फ ।

ओए सोनु................† गेटमा पुगेपछि म यसरी चिच्याए“ । मेरो चिच्याहटमा मेरो भन्दा बढी भाङको बल थियो । मैले सोनुलाई बोलाए“ — मानौ“ उनी मेरी स्वास्नी हुन् । आश्रममा हल्ला त छ“दै थियो । भजन कीर्तन, गफगाफ सबै आफ्नै धुनमा । प्रायः सुत्दैनन् यहा“ । होहल्लाबिच निदाउनेको कुरा अर्कै । तैपनि मैले चिच्याएको यति सारो थियो कि आश्रमका सबैले चाहेका भए सुने ।
सोनु गेटमै रहिछन् । मेरै प्रतीक्षामा । म ढिलो आएकाले उनी रिसाएकी रहिछन् । मलाई च्याप्प समाएर भनिन् — किन यति अबेरसम्म हराउनु भएको ? रुन खोजिन् । मेरो प्रस्तुतिले उनी झस्किएकै थिइन् । सजल विस्तारित नेत्रले हेरिन् — के खानु भएको छ ?
ह“.. ? हा.... हा.... हा.....†
अरे † फेरि किन हा“स्नु भएको ? ? ?
ह“, म हा“से“ र ?
भयो, भयो, अब चुप लाग्नु होस् †
एकै छिनमा रुन मन लाग्यो । सोनुलाई घ्याप्प अ“गालो हालेर रुन पो थाले“छु ।
भाङको करामत †
के भयो ? किन रुनु भएको ?
तिम्रो माया लागेर .....† टाउको गरौ“ भयो । म नुहाउ“छु । मेरो टाउको का“धमै बोकेर लागिन् उनी धारातिर । धारो होइन, बाथरुममा । भित्र पसी उनले ढोका बन्द गरिन् । बत्ती बलिरहेकै थियो । यसरी उनले नुहाइदिइन् मलाई कि म कुनै सानो बालक हु“ । त्यसपछि उनले मलाई लिएर गइन् मेरै कमरामा । म खाटमा पल्टिए“ । निद्राले च्यापेको थियो । निदाए“ ।
बिहान म त्यति बेला बिउ“झे“ जतिबेला उनका आ“खाबाट खसेको आ“सुको थोपा मेरो गालामा प¥यो । सोनु मलाई अ“गालो मारेर रोइरहेकी रहिछन् ।
फस्ट लभ ।
जीवनको पहिलो प्रेम † सोनुको ? फस्ट एन्ड लास्ट ? ? ? म भन्न सक्दिन“ । यसरी लभ परेको हो सोनुसित । त्यसपछि हामी खास प्रेमी प्रेमिका बनेका हौ“ । मैले भाङ खाएको दिनदेखि आजसम्म थुप्रै पटक प्रेम विहार गरिसकेका छौ“ हामीले । तर वासनाहीन प्रेम † रत्तिभर शारीरिक आशक्ति छैन । सायद हामी दुवै त्यस अवस्थामा पुगेका छैनौ“ । तैपनि एक अर्काप्रति लीन छौ“ । स्वतन्त्र । हामी प्रेम गर्न स्वतन्त्र छौ“ । म त्यस आश्रमको महन्तको नजिकको मान्छे । जोसुकैले पनि मलाई सम्मान गर्नुपर्छ । व्यावहारिक छु । सबैलाई चित्त बुझ्ने अझ भनौ“ प्रभावकारी कुरा गर्छु । अङ्ग्रेजी शिक्षाको हिसाब गर्ने हो भने म्याट्रिक परीक्षाको विद्यार्थी । बोल्न आउ“छ । नेपाली भनेर कसैले विश्वासै गर्न सक्दैन हिन्दी बोल्दा । अङ्ग्रेजी पनि कम छैन । संस्कृतको म विद्यार्थी नै परे“ । आश्रमको हर्ताकर्ता । कसैलाई केही समस्या परे म त्यसको समाधान गरिदिन्छु । यस अर्थमा पनि हाम्रो प्रेमले अवरोधमा पर्नु परेन । बाबुआमा खुसी थिए सायद सोनुका । त्यसैले म सोनुलाई जहा“, जसरी र जहिले चाहे पनि भेट्न सक्छु । यही सम्बन्ध छ हामीबिच ।
एक दिन । सोनुकी ती मायालु आमाले भनिन् — भाइजी, सोनुलाई आज घुमाउन लैजानु होस् न यमुना किनारतिर । विचरा कहिल्यै गएकी छैन † सुनेर सोनु खुसी भएकी थिइन् । स्वच्छन्द मस“ग घुम्न जान पाउनु उनका लागि जीवनको सबैभन्दा ठुलो खुसी बनेको थियो । भाइहरूले पछ्याउन खोज्दा आमा आफै“ले हप्काएर नजान भनेकी थिइन् । अनि हामी गएका थियौ“ यमुना किनार ।
सुनसान †
बालुवै बालुवा †
हरियो नदी †
नदीमाथि रजहा“स †
भित्र माछाहरू
आफ्नै संसारमा रमाइरहेका †
पानी बकुल्ला — दुलोभित्रको मुसाको पर्खाइमा रहेको बिरालो जस्तै
ध्याउन्नमा लागेका †
किङफिसर बिसौ“ मिटरको उचाइबाट माछा हेर्दै डुबुल्की मार्दै छ
उसको मुखबाट फुत्केका माछा पुनर्जीवन प्राप्त गर्दै छन्
कति माछा छिनमै स्वाहा †
हामी बालुवामा लड्यौ“ — मुखामुख गरेर ।
कहिले उत्तानो, कहिले घोप्टो, कहिले कोल्टे †
उनले मेरो आ“खामा हेरिन् — मैले उनका ।
आ“खामा थियो —
समुद्र ।
पर–पर खरबुजा, तरबुजा रोप्ने किसान आफ्नै धुनमा
पारि गाउ“का घर र छोटा रुखबिरुवा मात्रै
मानिस देखि“दैनन् ।
पारि जाऔ“ न † के भन्छ त्यस गाउ“लाई ?
त्यो गोकुल हो । गाउ“ रमाइलो छैन । नजाऔ“ †
धेरै बेर यमुना किनारमा बसेर कुराकानी ग¥यौ“ । उनी आज धेरै रोइन् । धेरै हा“सिन् । जन्मैदेखि सा“चेर राखेको चञ्चलता पोखिन् । मैले सोच्न नसकेका र सोच्ने बेला नभएका थुप्रै कुरा उनले सोचेकी रहिछन् । मलाई कुनै गुरु महन्तका अगाडि बसिरहेजस्तो भान भयो । मलाई अथ्र्याइन् । पढाइ लेखाइ, विवाह, घर, जागिर, सन्तान । बाफ रे बाफ † म उनको अनुहारमा हेरेको हे¥यै भए“ । अवाक् † अनि उनले मलाई तानेर म्वाइ“ खाइन् । यति धेरै खाइन् कि उनी वर्षौ“देखि प्यासी थिइन् र आज तृप्त हु“दै छिन् । चुमिन् । सायद उनी आज मलाई चुम्बन गरेर सिध्याउ“दै छिन् । आफूभित्रै समाहित गर्न खोज्दै छिन् । म अलिअलि उत्तेजित पनि भए“ ।
दिन बितेछ । पश्चिमतिरको रातो आकाश देखेपछि थाहा भयो । वृन्दावनतर्फका किनारका रुखका टुप्पा पहे“ला देखिए । पन्छीहरू बास बस्दै गरेको, मन्दिरतिर शङ्ख र घण्ट बज्न थालेको आदि सबै क्रियाले हामीलाई फर्कन बाध्य पा¥यो । फर्कियौ“ ।
सा“झ आश्रममा आइपुग्यौ“ । कोठा बन्द गरेर सोनुका आमाबुबा मथुरा गएछन् । आज नआउने रे । चाबी भने छाडेका रहेछन् । रोटी राखिदिएको रहेछ । सब्जी, दाल, अचार अनि अलिकति भात । हामी झनै फुक्का भयौ“ । थाकेको हुनाले खाना खाएर सुत्यौ“ — स“गै । म निदाए“ । फेरि ब्यु“झिए“ । अर्थात् सोनुले ब्यु“झाइन् । अनि सकीनसकी दुवै जनाले तरुण बन्ने प्रयास ग¥यौ“ रातभरि..........†
कुरो यत्ति हो ।
सोनु गएको छ दिनपछि उनको बाबु जटाधारी आइपुग्यो टुप्लुक्क । महन्तलाई भन्यो — सोनु रोएर मर्न लागेकी छे । खाना पनि खान्न । कोठामा टोलाएर बसिरहन्छे । मलाई लिन आएको ।
यो छ दिनमा मैले धेरै विचार गरेको छु । म अब पढ्ने बाटोबाट पछि हट्नु हु“दैन । मेरो घर नेपाल । बाबुआमाको काख छाडेर उहा“हरूको सपना साकार पार्न यहा“ आएको । सोनुको घर गए“ भने उतै राख्छन् । उतै बिहे गरिदिन्छन् । अनि आफ्नो घर ? कहा“ नेपालको मान्छे कहा“ राजस्थान । गएर उतै भासिने त होइन ? फेरि मलाई अहिले फकाईफुल्याई लगेर त्यता जे गर्न पनि त सक्छन् नि † केटाकेटी सोचाइ ।
तर मैले जान्न भन्न सकिन“ । भरेभोलि कुरा गरौ“ला भनेर बुढो मान्छे ढुक्क थियो होला । म भूमिगत भइदिए“ वृन्दावनमै पन्ध्र दिन । बुढो मलाई सात दिन वृन्दावनका कुना कुनामा छापा मारेर फकियो अरे ।

Tuesday, 3 January 2017

राष्ट्र घातक संबिधान संशोधन विधयेक

नक्कली लुम्बिनी बनाएर बुद्धको जन्म स्थान बदल्न खोजेको छिमेकीले अब लुम्बिनीलाई नै सीधै भारतमा मिसाउने राष्ट्र घातक संबिधान
संशोधन विधयेक आज लम्पसारबादी सरकारले सदनमा ल्याउदैछ।लैननचौर दरवारको बलले यदि यो विधयेक पास भयो भने बुद्ध नेपालमा जन्मेका थिए भन्ने ईतिहासमा मात्र सिमित रहनेछ। भारतीय दूतावासबाट भरण पोषण हुदै आएका "रअ" का एजेण्टहरुलाई ठुलो डिनर पार्टीको आयोजना हुनेछ। अझ राम्रो काम गरे बापट स्याबासी सहितको सम्मान प्रमाण पत्र मिल्नेछ। रूशले यूक्रेनको क्रेमियालाई यूक्रेनबाट खोसे जस्तै लुम्बिनी र जनकपुरको जानकी मन्दिरलाई पनि नेपालबाट खोसेर भारतमा मिलाउ आज सम्म भारतको चारो खाएर नेपालमा गर्जिदै हिड्ने "रअ" का एजेण्ट र दलालहरुको काम सफलतापुर्वक पूरा हुनेछ। चीनमा पानी पर्दा नेपालमा छाता ओढ़ने, दिल्लीको दलाली "रअ"का एजेण्टहरुले नेपालको लोकतंत्रमा बज्र प्रहार गरी धज्जी उढाउदै नेपाली जनताको चाहना र अभिमत बिपरीत ५ नम्बर प्रदेशलाई टुक्राउन जोड़तोडका साथ कोशिस गरिरहेकोछन। नेपाली जनताको परिवार परिवार बिचको नाता जोडिएको ५ नम्बर प्रदेशबाट कयौ नेपालीहरुको बिजोग हुनेछ। किसानहरुको खेती पाती,गाई बस्तुको चरने ठाउ, ब्यापारसीत नाता जोडेको ५ नम्बर प्रदेशमा पेशा गर्नेहरुलाई पनि बन्देज लाग्नेछ। ५ नम्बर प्रदेशलाई टुक्राएर तराईबाट पहाडलाई अलग गरे पछि नून तेल खाद्य लत्ता कपड़ा औषधि र यातायात जस्ता सबै अति आवश्यक बस्तुहरुमा नाका बन्दी गर्ने बाटो खुल्नेछ। ६ महीना नाक बंदी गरी प्राप्त गरेको सफलताको परिणाम दलालहरुलाई ख़ुशीको सिमा रहनेछैन। नेपाली जनतामा फेरी पनि आक्रोश पूर्ण आन्दोलनको बिकल्प भन्दा अरु केहि हुनेछैन। आज सदनमा प्रस्तुत हुने राष्ट्र घातक संबिधानको संशोधन विधयेकलाई जनप्रतिनिधि सांसदहरुले नेपाली जनताको पक्षमा मतदान गरी देश र जनताको अस्तित्वको सम्मान गर्ने छन भन्ने स्वदेश तथा बिदेशमा रहने सम्पूर्ण नेपालीहरुको पूरा भर बिश्वास छ। जय नेपाल!
पुष्प थापा