Tuesday, 28 February 2017
नेपाली जनता, न्याय र कानून
मिलन शर्मा
“ एउटा गाउँ थियो , त्यो गाउँका जनता सारै सोझा थिए | प्रजातन्त्र, पंचायत, परिबर्तन, लोकतन्त्र ,गणतन्त्र केहि पनि सरोकार थिएन उनीहरुलाई | सोहि गाउँमा एक जना मान्छे थिए “केशव” ,
राजनीतिक खानदानी , उनी अन्य गाउँले भन्दा अलि बाठो थिए , कानून जान्दथे , जिल्ला , अड्डा,
माल्पोत, प्रहरी , सरकारी हाकिम , सबै संग राम्रो परिचय थियो उनको | उनको सैली पनि अलि फरक
प्रकारको थियो, एक त खानदानी परिवार त्यसमाथि उनि थप चतुर | जब जब जिल्लामा नयाँ हाकिमको
आगमन हुन्थ्यो तब तब उनि एउटा भरियालाई एक टिन घिऊ बोकाएर पठाउथें , भरियाले घिऊ लगेर
हाकिमको टेबल अगाडी राखिदिन्थे र केशवले पठाको भन्थे | हाकिमहरुले अब केशबलाइ नचिनेर भयो?
यसरि केशवको हाकिमहरुसंग राम्रो समन्ध बनाएका थिए , यता गाउमा समस्या पर्दा सहयोग पनि गर्थे
,बिर्खेको अड्डामा मुद्दा पर्यो , उसले केशाबलाइ खशी कोशेली चडाउदै अड्डामा भनिदिनु पर्यो भन्यो
,केशबले पनि गएर भनिदियो , यस्तै सयौ मुद्दा केशवले मिलाइदियो | “
यस्ता ज्वलन्त उदारण प्रत्यक गाउँमा भेटिन्छन ,न्याय सबै जनताको काबुमा छैन | प्रतेक गाउँमा केशब
भेटिन्छन |
कानून यस्तो परिधि हो जसले योग्य अयोग्य छुट्याउछ ,त्यो अपराधीको लागि डोरि हो ,सज्जनको लागि
बाच्ने आधार हो | न्याय कूनूनको रक्ताचंचार हो , रक्तसंचार सफा भयो भने सरिर ठिक हुन्छ . कानून
प्रत्यभुत्त हुन न्याय सफा हुनुपर्छ \ न्यायलय मन्दिर सरह हुनुपर्छ|
नेपालमा सबै भन्दा बिक्रि हुने न्याय हो अदालत सबैभन्दा बढी किनबेच हुने संस्था हो \ सम्बत् २००७
पछि न्यायालय तहसनहस हुन पुग्यो ,राजनीतिक प्रभाबले सबैभन्दा बढी न्यायालय र पुलिश प्रशाशन
धोस्त भयो |न्यायाधिस बढुवाको लागि सक्तिकेंद्र धुन थाले रातारात न्यायाधिसको सम्पति गुना हुन थाले
|युरोप, अमेरिका बासि हुन थाले |
एउटा चलेका ओकिल पुनराबेदन अदालत जनकपुरमा बहस गर्न गएको भेटेको थिए ,म पत्रकार भन्ने
सायदै याद भयो होला , उनको ग्राहक भनौं २०० ग्राम चरेस सहित फेला परेका रे, जिल्ला अदालत
महोतरी ले१० वर्ष कैद र १००००० जरिवाना तोकेको रैछ , उनि पुनराबेदन गकोरे |ति ओकिल सरासर
न्यायाधिसको मा गए , श्रीमान चिया खान जाउँ भन्दै लिएर गए , फर्केर न्यायाधिस बेन्चबसे , २ वर्ष
कैद र १००००० जरिवाना तोके , एकछिन अगी सोहि न्यायधिसले गाइ काटेको आरोपमा एउटा २० वर्ष
कैद फैसला गरेका थिए |न्याय कसरि बिक्रि हुन्छ त्यो सरासर ति ओकिलले र न्यायधिसले पुस्टि गरिदिए
|
प्रधानन्यायधिस शुशिला कार्की बाहिर माहोल हेरेर फैसला गर्नुहुन्छ ,तत्काल माहोल हेरेर फैसला गर्नाले
तत्काललाई राहात हुन्छ , तेही नजिरले देशले दसकौ दुख पाउछ| तेस्रो बरियताका कुलमान ले नियुक्ति
पाउदा फैसला गर्न आबस्यक ठान्नु भएन तर प्रहरीमा किन फैसला गर्न हतार ? राजनीतिक
मानसिकतामा फैसैला गर्न सुशिला कार्की प्रधानन्यायधिस हुनुभएको हो? केको प्रभाबमा फैसला गर्नु
हुन्छ? न्यायालयमा भ्रस्टाचार छैन भनेर भाषण गर्दैमा हुन्छ? सुशिला कार्की आफै पनि राजनीतिक
रुपमा परिचालित हुदै आउनु भएको हो |उहाँ प्रधानन्ययधिश बन्ने बेलामा ठुलो राजनीतिक बहस भयो
किन? किन कोइ गर्न लागे कोहि हुन्न भन्न लागे ? पक्का पनि राजनीतिक लेनादेना नमिलेर हुनुपर्छ
|शुशिला कार्कीको फैसला जहिलेपानी भिडउन्मुख हुने गरेको छ , सहि न्याय दिन सक्नु होला भनेर
विश्वास गर्ने आधार नरहेको अदालतकै कर्मचारी बताउछन |शुशिला कार्कीले लोकमान संग पनि केहि
पूर्वाग्रह राखेरै फैसला गरेको अनुमान धेरैले गरेका छन् |
८० जना उच्च अदालतका लागी न्यायाधिस भागबन्डामा छानिए , तिसलाखमा किनिएका न्यायाधिसले
कसरि न्याय सम्पादन गर्लान ? राजनीतिक आशिर्बाद पाएका न्यायाधिस राजनीति गन्ध बाट कसरि
मुक्त हुन सक्छन र ?कुनै पनि न्यायाधिस आथिक आचरण सुद्ध भएका छैन , अपबाद हुन्छन एक दुइ
| न्यायालय सबै भन्दा कानून साछी राखेर भ्रस्टाचार हुने संस्था हो , पिउनले संजाल मिलाएर घुस
लिन्छन ,फैसला सेत्तिंग हुन्छ न्यायाधिसले पैसा मिलेको सिग्नलको आधारमा फैसला गर्छन , जित्नु पर्नेले
हार्छ |
न्यायालय सबै भन्दा आर्थिक चलखेल हुने संस्था हो , यहाँ प्रधानन्यायाधिश देखि जिल्ला अदालतका
पिउन सम्म भ्रस्ट छन् ,आबाज सुन्ने संस्था नै भ्रस्ट भएपछि जनताले कसरि न्याय पाउने? लाखौको
बिटो बुझाएर न्यायाधिस बनेकाले कसरि अपचलान नगरुन?कलम र न्याय हातमा लिएर बसेकाहरु बिकाउ
हुन्छन,जनता कसरि अदालतप्रति आस्वस्थ बन्नु?
नेपाली न्यायालयमा सक्रिय गिरोहले न्यायालय चलाईरहेसम्म न्यायलयले न्याय दिन सक्दैन , तेही
गिरोहका कारिन्दा अदालतका जागिरेले जनातालाइ उल्लु बनाइरहन्छन्
Sunday, 26 February 2017
Saturday, 25 February 2017
Friday, 24 February 2017
Wednesday, 22 February 2017
Monday, 20 February 2017
Friday, 17 February 2017
Thursday, 16 February 2017
Wednesday, 15 February 2017
Friday, 10 February 2017
Thursday, 9 February 2017
Tuesday, 7 February 2017
लभ अर्थात् माया
भोलि काठमाडौँ जाने रे हो ? किन जाने ? कहिले आउने ?
अँ......हो ।......... खोइ, थाहा छैन ।
खासमा म काठमाडौँ जाँदै छु — नफर्कने गरी । मायालाई मेरो माया लागेको छ । अर्थात् उनलाई आफ्नै माया लागेको छ म जाने भएपछि । कम्मरमा गाग्री बोकेर अलि ढल्किएकी उनले मलाई सजल नेत्रले हेरिन् । अनि मनमनै भनिन् — मलाई पनि लेर जानु न † तपाईं गएपछि मलाई कस्तो नमज्जा लाग्छ । अनि म कसलाई हेरेर बस्नु नि †
यी माथिका डाँडाकाँडा हेर्नू नि, कति रमाइला छन् । यो हाम्रो गाउँ सुन्दरताको खानी हो । यसलाई हेर्नू । पढ्नू । प्रकृतिको सप्को समाएर नाच्नू । प....र पाखामा जानू † यी मकैबारीभित्र लुकामारी खेल्नू । मकैका जुँगा उखेलेर आफ्ना ओठमा लाउनू । कदममा चढ्नू । तिमी राम्री छ्यौ । गोरी । पातली । प्रकृतिले तिमीलाई सिँगार्दै छ । कोपिला छ्यौ, फुल्नू † अझै सिँगारिनू नि † मैले पनि मनमनै भनेँ ।
जानु जानु, मलाई के मतलब — प्रकटमा माया । आठमा पढ्ने चौध वर्षीया मायाले मलाई घुर्की लाउँदा उनकी दस वर्षीया बहिनी छायाले के बुझिन् कुन्नि, मेरो हात समाउन छाडेर अगाडि गइन् र फरक्क पछाडि फर्केर दिदीको मुख ताकिन् । मैले कदमको पात चुँडेँ । चोप निस्कियो । त्यसबाट बुबालु बनाएर उडाएँ फुर्र । ठुलो बनेको बुबालु बिस्तारै उड्यो । छायाले त्यसलाई समाउन खोज्दा फुट्यो ।
क्षणिक — मैले भनेँ, बुबालु जस्तै †
के..............? माया झन्डै चिच्याइन् । मेरो कुरा बौलाहा लाग्यो उनलाई । अचेल म यसरी नै कुरा गर्ने भएको छु । तर अरूले बौलाहा भन्दैनन् — माया बाहेक । म उनलाई टाढा राख्न चाहन्छु । अब मलाई कसैले प्रेम नगरोस् । अझ कुनै केटीले मलाई माया नगरोस् । बरु विवाह गरोस् । विवाह गरे पनि प्रेम गरी भने उसले दु:ख पाउँछे । त्यसैले मलाई बालिका, युवती तथा परचक्री महिलाहरूले प्रेम गर्न खोजेको मन पर्दैन । सहानुभूति देखाउँदा रिस उठ्छ । तर मायाले छाडिनन् । उनी त मलाई माया पो गर्न थालिन् ।
म वृन्दावनको भूमिगत जीवनबाटै फर्किएँ — नेपाल । गइँनँ अनन्त भवन । विरक्त लाग्यो । सोनु र मेरा प्रेमका गाथा अनन्त भवनभरि छरिएका होलान् । तिनले मलाई सोध्ने छन् — सोनुलाई किन छोडेको ? भित्ता, बाथरुम, ढोका अनि मानिसले पनि मलाई प्रश्न गर्ने छन् । सोनुका बाबु फेरि आउन सक्छन् । उनले फोन गरे होलान् । म पर्किनँ अनन्त भवनमा ।
आफूले गरेको निर्णय आफैँलाई गलत लाग्यो । तर विवश † परिस्थितिले विवश बनायो मलाई । म आएँ । आफ्नै गाउँ रमाइलो । फर्केर कक्षा आठमा भर्ना भएर पढ्न थालेँ । सोनुलाई पुरै बिर्सिएँ । तिन वर्ष । यी मायाकहाँ म आउने जाने गर्छु । आवतजावतमै मन पराइहाल्नुपर्छ त ? मैले नाटक लेखेँ रे † मैले भाषण गरेँ रे † मैले कथा, उपन्यास र कविता लेखेँ रे † मैले हारमोनियम र गिटार बजाएँ रे † मैले समाज सेवा गरेँ रे † दीनदु:खीको पक्षमा बोलेँ रे † मेरो सोचाइ ठुलो छ रे † मेरो कुरा गराइ राम्रो र आकर्षक छ रे † यही छ उनको भनाइ । मैले लेखेर गाएको गीतले उनलाई रुवायो रे † हाँसोउठ्दो कुरा ....† तिमीले मलाई होइन, मेरो प्रतिभालाई मन पराएकी हौ । छोड † मैले सम्झाएँ — तिमीलाई बिगारेर छाडिदिन्छु † म बिहे गर्दिनँ । तिम्रो भविष्य छ । तिमीले पढ्नुपर्छ । पछि तिम्रो मन बदलिन्छ । अँहँ, उनले मानिनन् । जे गरे पनि हुन्छ । तपाईंले मलाई मार्नुभयो भने पनि म दोष लगाउने छैनँ † कति भावुक बनेकी † अनि प्रेम गरिदिएँ मायासित ।
तर म अब अठार वर्ष लागिसकेको छु । जवान हुँदै छु । मभित्रको पुरुष अब वयस्क हुन खोज्दै छ । एसएलसी दिइसकेको छु । भविष्य कोर्ने पक्षमा लागेको छु । मभित्र प्रतिभा छ — बहुप्रतिभा । अब प्रेम गरेर विवाह गर्नु मात्रै मेरो उद्देश्य रहेको छैन । त्यसरी पनि हुन्छ † मानिसको जीवन † कति महत्त्वको छ । कति धेरै काम गरेर मर्नु छ । यस्ता झिना मसिना काममा अल्झेर पनि हुन्छ त † प्रेम गर्ने नै चिज हो । तर सबैलाई गर्नुपर्छ । अचेलका युवायुवती के भएका ? प्रेम गर्न मात्रै जन्मेका जस्तो † प्रेम गरेपछि त सकिइहाल्छ नि † हद्दे भए बिहे गर्छन् । अनि बिहेपछि ? ? ? असी प्रतिशत सम्भावनाका ढोका बन्द हुन्छन् ।
यो पनि मेरो काठमाडौँ जानुको प्रमुख कारण हो । मायाले बिस्तारै मलाई भुलून् । ठुली हुँदै गएपछि यो भावुकपना हराउन थाल्छ । पछि विवाह नै गर्नुपर्ने भएछ भने ठिकै छ । उनी ठुली भइन्जेल पनि मप्रति यसरी नै आकर्षित भइन् भने बिहे गरौँला । मेरो सोचाइ यस्तो छ ।

Subscribe to:
Posts (Atom)