लभ अर्थात् माया
भोलि काठमाडौँ जाने रे हो ? किन जाने ? कहिले आउने ?
अँ......हो ।......... खोइ, थाहा छैन ।
खासमा म काठमाडौँ जाँदै छु — नफर्कने गरी । मायालाई मेरो माया लागेको छ । अर्थात् उनलाई आफ्नै माया लागेको छ म जाने भएपछि । कम्मरमा गाग्री बोकेर अलि ढल्किएकी उनले मलाई सजल नेत्रले हेरिन् । अनि मनमनै भनिन् — मलाई पनि लेर जानु न † तपाईं गएपछि मलाई कस्तो नमज्जा लाग्छ । अनि म कसलाई हेरेर बस्नु नि †
यी माथिका डाँडाकाँडा हेर्नू नि, कति रमाइला छन् । यो हाम्रो गाउँ सुन्दरताको खानी हो । यसलाई हेर्नू । पढ्नू । प्रकृतिको सप्को समाएर नाच्नू । प....र पाखामा जानू † यी मकैबारीभित्र लुकामारी खेल्नू । मकैका जुँगा उखेलेर आफ्ना ओठमा लाउनू । कदममा चढ्नू । तिमी राम्री छ्यौ । गोरी । पातली । प्रकृतिले तिमीलाई सिँगार्दै छ । कोपिला छ्यौ, फुल्नू † अझै सिँगारिनू नि † मैले पनि मनमनै भनेँ ।
जानु जानु, मलाई के मतलब — प्रकटमा माया । आठमा पढ्ने चौध वर्षीया मायाले मलाई घुर्की लाउँदा उनकी दस वर्षीया बहिनी छायाले के बुझिन् कुन्नि, मेरो हात समाउन छाडेर अगाडि गइन् र फरक्क पछाडि फर्केर दिदीको मुख ताकिन् । मैले कदमको पात चुँडेँ । चोप निस्कियो । त्यसबाट बुबालु बनाएर उडाएँ फुर्र । ठुलो बनेको बुबालु बिस्तारै उड्यो । छायाले त्यसलाई समाउन खोज्दा फुट्यो ।
क्षणिक — मैले भनेँ, बुबालु जस्तै †
के..............? माया झन्डै चिच्याइन् । मेरो कुरा बौलाहा लाग्यो उनलाई । अचेल म यसरी नै कुरा गर्ने भएको छु । तर अरूले बौलाहा भन्दैनन् — माया बाहेक । म उनलाई टाढा राख्न चाहन्छु । अब मलाई कसैले प्रेम नगरोस् । अझ कुनै केटीले मलाई माया नगरोस् । बरु विवाह गरोस् । विवाह गरे पनि प्रेम गरी भने उसले दु:ख पाउँछे । त्यसैले मलाई बालिका, युवती तथा परचक्री महिलाहरूले प्रेम गर्न खोजेको मन पर्दैन । सहानुभूति देखाउँदा रिस उठ्छ । तर मायाले छाडिनन् । उनी त मलाई माया पो गर्न थालिन् ।
म वृन्दावनको भूमिगत जीवनबाटै फर्किएँ — नेपाल । गइँनँ अनन्त भवन । विरक्त लाग्यो । सोनु र मेरा प्रेमका गाथा अनन्त भवनभरि छरिएका होलान् । तिनले मलाई सोध्ने छन् — सोनुलाई किन छोडेको ? भित्ता, बाथरुम, ढोका अनि मानिसले पनि मलाई प्रश्न गर्ने छन् । सोनुका बाबु फेरि आउन सक्छन् । उनले फोन गरे होलान् । म पर्किनँ अनन्त भवनमा ।
आफूले गरेको निर्णय आफैँलाई गलत लाग्यो । तर विवश † परिस्थितिले विवश बनायो मलाई । म आएँ । आफ्नै गाउँ रमाइलो । फर्केर कक्षा आठमा भर्ना भएर पढ्न थालेँ । सोनुलाई पुरै बिर्सिएँ । तिन वर्ष । यी मायाकहाँ म आउने जाने गर्छु । आवतजावतमै मन पराइहाल्नुपर्छ त ? मैले नाटक लेखेँ रे † मैले भाषण गरेँ रे † मैले कथा, उपन्यास र कविता लेखेँ रे † मैले हारमोनियम र गिटार बजाएँ रे † मैले समाज सेवा गरेँ रे † दीनदु:खीको पक्षमा बोलेँ रे † मेरो सोचाइ ठुलो छ रे † मेरो कुरा गराइ राम्रो र आकर्षक छ रे † यही छ उनको भनाइ । मैले लेखेर गाएको गीतले उनलाई रुवायो रे † हाँसोउठ्दो कुरा ....† तिमीले मलाई होइन, मेरो प्रतिभालाई मन पराएकी हौ । छोड † मैले सम्झाएँ — तिमीलाई बिगारेर छाडिदिन्छु † म बिहे गर्दिनँ । तिम्रो भविष्य छ । तिमीले पढ्नुपर्छ । पछि तिम्रो मन बदलिन्छ । अँहँ, उनले मानिनन् । जे गरे पनि हुन्छ । तपाईंले मलाई मार्नुभयो भने पनि म दोष लगाउने छैनँ † कति भावुक बनेकी † अनि प्रेम गरिदिएँ मायासित ।
तर म अब अठार वर्ष लागिसकेको छु । जवान हुँदै छु । मभित्रको पुरुष अब वयस्क हुन खोज्दै छ । एसएलसी दिइसकेको छु । भविष्य कोर्ने पक्षमा लागेको छु । मभित्र प्रतिभा छ — बहुप्रतिभा । अब प्रेम गरेर विवाह गर्नु मात्रै मेरो उद्देश्य रहेको छैन । त्यसरी पनि हुन्छ † मानिसको जीवन † कति महत्त्वको छ । कति धेरै काम गरेर मर्नु छ । यस्ता झिना मसिना काममा अल्झेर पनि हुन्छ त † प्रेम गर्ने नै चिज हो । तर सबैलाई गर्नुपर्छ । अचेलका युवायुवती के भएका ? प्रेम गर्न मात्रै जन्मेका जस्तो † प्रेम गरेपछि त सकिइहाल्छ नि † हद्दे भए बिहे गर्छन् । अनि बिहेपछि ? ? ? असी प्रतिशत सम्भावनाका ढोका बन्द हुन्छन् ।
यो पनि मेरो काठमाडौँ जानुको प्रमुख कारण हो । मायाले बिस्तारै मलाई भुलून् । ठुली हुँदै गएपछि यो भावुकपना हराउन थाल्छ । पछि विवाह नै गर्नुपर्ने भएछ भने ठिकै छ । उनी ठुली भइन्जेल पनि मप्रति यसरी नै आकर्षित भइन् भने बिहे गरौँला । मेरो सोचाइ यस्तो छ ।

No comments:
Post a Comment