नेपाली युबा साथीहरु हो, यो महा-भुकम्पले हाम्रो लागि थप सम्भाबना र चुनौतीहरु लिएर आएको छ। आजै देखि केही सोचेनौँ भने पछि युगौं युग सम्मको ठुलो भूल हुनेछ। आजैदेखि सँग-संगै बहस पनि थालौँ है किनभने सोच्नै पर्ने अवस्था आएको छ। सरकार छैन अब तपाईं हामी अग्रसर हुनै पर्छ यदि नेपाल आमाको माया छ भने।
अब देखि देशमा सम्पूर्ण घरहरु आफु खुशी बनाउनु नपाईने र सरकारको तर्फ बाट मात्रै बनाउनु पर्ने र पूर्ण रुपले सरकारी नियन्त्रणमा हुनु पर्ने। हरेक परिवारलाई राम्रोसँग बस्न पुग्ने गरी घरको ब्यबस्था हुनु पर्ने। घर ठाउँ मन नपरे सट्टी पट्टी गर्न पाउनु पर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्ने।
सम्पूर्ण अस्पतालहरु, विश्वबिधालयहरु र स्कुलहरु पूर्ण रुपले निशुल्क र सरकारी हुनु पर्नेछ। निजिकरण लाई निर्मुल पर्नु पर्ने। शिक्षक, डाक्टर, नर्स लगाएत सम्पूर्ण कर्मचारी हरुलाई उचित रुपले सरकार ले तलब दिनुपर्ने।
अब देखि महिनाको ७०० डलर भन्दा कम तलब हुने देशमा जान बाट पूर्ण रुपमा तत्काल प्रतिबन्ध हुनु पर्छ।
अब देखि तत्काल देश भित्र जुवा तास पूर्ण रुपले बन्द गर्नै पर्ने। हल्लिएर बेकारमा बसेर अर्काको भरमा खाने, ठगेर र मागेर खाने घीन लाग्दो बानी लाई सुधार गर्नै पर्छ।
नेपालमा सबै १८ बर्ष नाघेका युबाहरुले बिदेशमा झैँ दिनको १० घण्टा र हप्ता को ५० घण्टा काम गर्नै पर्ने, कम से कम अब देखि ५ बर्ष सम्मको लागि। रोजगारी आफ्नै देशमा ग्यारेन्टी हुनु पर्नेछ।
अझ सम्पूर्ण युबाहरुले अनिवार्य सैन्य तालिम लिई कम्तिमा ५ बर्ष नेपाल आमालाई सेवा गरेकै हुनु पर्ने छ र साथ साथै यो अबधी भित्र सरकारी तवर बाटै कम से कम ग्र्याजुएट गर्नु पर्ने छ। नत्र भने प्राबिधिक या ब्याबसायिक शिक्षामा डिप्लोमा गरी सक्नु पर्ने छ।
यसको अतिरिक्त कम्प्युटर र कमसे कम ३ वटा बिदेशी भाषाहरु सिक्नै पर्नेछ।
नत्रभने नेपालीहरुले बिदेशमा गएर जति कमाउ जहिले पनि अरुकै गुलामी गरेर जिन्दगी गुजरा गर्नु पर्ने छ।
यदि यसो भएन भने नेपालको बिकास कहिल्यै पनि हुँदैन म ठोकुवा गरेर भन्छु।
नेपालको अहिलेको सन्दर्भमा यदि तपाईंलाई यो कुरा को चित्त बुझे सक्दो शेयर गर्नु होला।
Source -rudra Dhakal social media
No comments:
Post a Comment