अब नेपालको पुनर्निमाणमा कसरी सहयोग गर्ने भन्ने बारेमा पिटरबरो नेपाली समाजमा अनौपचारिक छलफल सुरु भएको छ । हाइटीमा जस्तो दाताहरुकै मनपरी चल्यो भने त नेपाल पनि हाइटी नै हुनेछ । तर बलियो एकीकृत संयन्त्र, पारदर्शी पद्धती र योजनावद्ध कार्यप्रणाली स्थापित गर्न सकेमा अबको दिनमा हामीले गर्ने सहयोगको देन ठूलै हुन सक्छ । तर यसकाे लागि नेपाल सरकार नै सक्रिय, सजग, सचेत, निर्णायक तथा संयाेजनकारी हुनु जरूरी छ । तर अहिलेसम्मकाे उनीहरूकाे कृयाकलाप हेर्दा सरकारलार्इ बाइपास गरेर अाफै सबै काम गर्छु भन्ने विदेशी दाताहरू तथा भ्रष्ट व्यपारिक घरानाकाे गलत हर्कतलार्इ राेक्न वा थेग्न सक्लान् भन्ने संकेत पाइएकाे छैन । हाइटीकाे जस्ताे नहाेस् भनेर कामना गर्ने बाहेक अरू हामी परदेशीले के नै गर्न सकिएला र खाेइ ?
Source -bk Pandey fb
No comments:
Post a Comment