Wednesday, 6 May 2015

सहयोग सम्बन्धमा -नेपाल पत्रकार महासंघ

मिति ः २०७२ ।०१ ।२२
श्री अध्यक्षज्यू
युके शाखा
नेपाल पत्रकार महासंघ

विषय ः सहयोग सम्बन्धमा ।
नेपाल पत्रकार महासंघको २०७२ बैशाख १६ गते बसेको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले २०७२ बैशाख १२ गते गएको महाभूकम्मको महाविपत्तिमा परी प्रभावित पत्रकार तथा सञ्चार क्षेत्रको उद्धार, राहत र सहयोगका लागि महासंघका केन्द्र तथा शाखा÷बैदेशिक शाखा÷एसोसिएट संस्थाहरू सम्पूर्ण क्षमताका साथ परिचालित हुने निर्णय गरेको यहाँलाई विदितै छ । 
सो अन्तर्गत महासंघले अहिले महाभूकम्पबाट क्षति व्यहोरेका सञ्चारकर्मीहरूको विवरण संकलन गरिरहेको छ । र, उनीहरूलाई आवश्यक सहयोग गर्न महासंघ केन्द्रीय समितिबाट ‘महाभूकम्प पीडित पत्रकार राहत तथा सहयोग कोष–२०७२’ स्थापना गरी आफ्ना सबै शाखालाई सहयोगको अपिल गरेको छ । यस सन्दर्भमा महासंघले आफ्ना वैदेशिक शाखाहरूबाट भूकम्पपीडित सञ्चारकर्मीहरूको राहतका लागि सहयोगको अपेक्षा राखेको पुनः जानकारी गराउँदै यथासम्भव छिटो सहयोग पठाइदिनुहुन अनुरोध छ ।
यसका लागि महासंघको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक, पुतलीसडक शाखामा रहेको चल्ती खाता ०१२०१०२०२५२६४५ नम्बरमा सहयोग रकम जम्मा गर्न जानकारी गराइन्छ । 
    ......................
    सूर्यमणि गौतम
    कोषाध्यक्ष

No comments:

Post a Comment